विश्व सुर्तीजन्य पदार्थ रहित दिवस (मे ३१ २०१५)

विश्व सुर्तीजन्य पदार्थ रहित दिवस (मे ३१ २०१५)

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने भनाई आज भोली हरेक व्यक्तिलाई थाहा भएको सामान्य कुरा हो । धुम्रपान तथा सुर्तीजन्य पदार्थहरुको प्रयोगले हाम्रो स्वास्थ्यमा ठुलो असर पार्दछ भन्ने थाहा हुँदाहुँदै पनि विश्वभर तथा हाम्रो नेपालमा कुनै न कुनै वाहानामा धेरै व्यक्तिहरु सुर्तीजन्य पदार्थको सेवनको लतमा फसेको पाइन्छ । महिला, पुरुष, धनी, गरिव ,सडकमा आफ्नो जिवन विताउने वाल वच्चाहरु, स्वास्थ्यकर्मि, डाक्टर,स्कुले विधार्थी देखी वृद हजुरवा हजुरआमा समेतले लुकेर होस या खुला रुपमा नै किन नहोस चुरोट तथा अन्य कुनै न कुनै सुर्तिजन्य पदार्थको सेवन गरिरहेका छन । कोहीले साथीभाईको करले त कोहीले तनाव घटाउनको लागी भन्दै कुनै न कुनै किसिमको वहानामा सुर्तीजन्य पदार्थको सेवनलाई आफ्नो दैनिकी वनाई रहेका छन ।
Source: Facebook
विश्वभर सुर्तीजन्य पदार्थको सेवनवाट आम मानिसहरुमा पर्ने गएको स्वास्थ समस्यालाई घटाउन, सुर्तीजन्य पदार्थको सेवनवाट मानिसको स्वास्थ्यमा पर्ने असरहरुको वारेमा जनचेतना फैलाउन, सुर्तीजन्य पदार्थको प्रयोग कम गर्ने तथा विक्री वितरणमा कम गर्नको लागी सहयोग गर्ने निती नियम वनाउनको लागी सहयोग गर्ने उदेश्यको साथमा विश्व स्वास्थ्य संगठनको आयोजनमा हरेक वर्ष मे ३१ तारिखका दिन विश्व सुर्तीजन्य पदार्थ रहित दिवस विविध कार्यक्रमहरु गरी विश्वभर मनाइन्छ । सुर्तीजन्य पदार्थको प्रयोगलाई र आम मानिसहरुमा देखिएका स्वास्थ समस्याहरुलाई कसरी कम गर्ने भन्ने विषयमा केन्द्रीत रहेर मनाइने यो दिवस यो वर्ष सुर्तीजन्य पदार्थको गैरकानुनी व्यापारलाई रोकौ  भन्ने मुल नारा सहित मनाइदै छ । 
गत वर्ष देखी विश्वभर सुर्तीजन्य पदार्थमा लगाइएको करमा वृदि गरी यसको प्रयोग घटाउने प्रायत्न्न गरिएको थियो । हाल सुर्तिजन्य पदार्थको प्रयोग केहि घट्दोक्रममा देखिएता पनि उल्लेखनिय सुधार आउन सकेको छैन । एक सवेक्षण अनुसार विश्वमा प्रयोग हुने हरेक १० वटा चुरोट मध्य एउटा चुरोट गैर कानुनी रुपमा विक्री वितरण भईरहेको देखिएको छ । सुर्तीजन्य पदार्थमा कर वढाइएता पनि यसको विक्री वितरणलाई नियन्त्रण गर्नको लागी यसको गैर कानुनी व्यापारलाई रोक्नुपर्दछ भन्ने मान्यतालाई ध्यान दिएर यस वर्ष को नारा सुर्तीजन्य पदार्थको गैरकानुनी व्यापारलाई रोकौ तय गरिएको छ ।   
विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार विश्वभर करिव ६ मिलियन ब्यक्तिहरु सुर्तीजन्य पदार्थको सेवनको कारणवाट ज्यान गुमाईरहेका छन जस मध्य करिव ६ लाख मनिसहरु अरुले सेवन गरेको सुर्तीजन्य पदार्थको प्रभावले गर्दा ज्यान गुमाईरहेका छन । हरेक छ सेकेण्डमा एक ब्यक्तिको मिर्त्यु सुर्तिजन्य पदार्थको सेवानवाट भईरहेको छ । करिव ८० प्रतिशत प्रयोगकर्ताहरु हाम्रो देश जस्ता कम तथा मध्यम आय श्रोत हुने देशहरुमा नै रहेका छन। यस अर्थमा हेर्ने हो भने हाम्रो जस्तो मुलुकमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्नको लागी हाम्री सवै लाग्नुपर्ने देखिन्छ।
सुर्तीजन्य पदार्थका असरहरु
सुर्तिजन्य पदार्थ भन्ने वितिकै विभिन्न थरीका पदार्थहरु पर्दछन्, चुरोट,सुर्ति, खैनि, तमाखु आदी वढी मात्रमा प्रयोग हुने सुर्तिजन्य पदार्थ हुन । सेवन गर्ने वितिक्कै तत्काल असर नपरे पनि लामो समय पछी यिनीहरुको गहिरो असर देखिने गर्दछ । हाल सम्म ४ हजार भन्दा बढी रसायनहरु सुर्तीजन्य पदार्थमा भेटिइसकेको छ जसमध्य करिव २५० हाम्रो शरिरको लागी हानीकारक छन र ५० वटा भन्दा बढीले क्यान्सर निम्त्याउदछन भने विभिन्न अनुसन्धानले प्रमाणित गरीसकेको छ । सामान्य रुपमा मुख, गिजा तथा दाँतहरुको समस्या देखी लिएर मुटुसम्मलाई असार गर्ने क्षमता सुर्तीजन्य पदार्थहरुमा हुन्छ । 
संसारभर नसर्ने रोगहरुको प्रकोप वढ्दो क्रममा छ जसको प्रमुख कारक तत्व भनेको नै हाम्रो जिवन यापन शैली र सुर्तीजन्य पदार्थको प्रयोग नै हो । लामो समयसम्म निरन्तर प्रयोग गर्नाले नसर्ने खालका दिर्ध रोगहरु देखा पर्द्छन। रक्तनली विगार्ने, रक्त चाप वढाउने, मुटुसम्वन्धी दिर्घरोग लाग्ने, हटट्याक हुने, मस्तिकमा असर गर्ने, फोक्सो विगार्ने, दम हुने, फोक्सोको क्यान्सर हुने, स्वासनलीको क्यान्सर हुने, रगत तथा पाठेघरको क्यान्सर हुन मध्दत गर्ने आदी जस्ता रोगहरु देखा पर्दछ । त्यसैगरी गर्भवती आमाले सुर्तीजन्य पदार्थको सेवन गरेमा गर्भमा रहेको शिशुको स्वास्थ्यमा समेत ठुलो असर पार्दछ । गर्भ खेर जाने, मरेको वच्चा जन्मिने, समय नपुगी जन्मिने, कम तौल भएको वच्चा जन्मिने तथा शिशुको शारिरिक तथा मानसिक विकासमा असार गर्ने आदी समस्याहरु देखापर्ने सक्दछन । 
सुर्तीजन्य पदार्थको सेवनवाट आफ्नो शरिरको स्वास्थ्यमा त असर गर्दछ नै त्यसको साथ साथै सामाजिक  तथा व्यक्तिगत रुपमा पनि ठुलो असर गरेको हुन्छ । लमो समयसम्म सुर्तीजन्य पदार्थको सेवनवाट मुख्, गिजा तथा स्वासनलीमा असर गरेर दुर्गन्धीत स्वास आउने, मुख गनाउने तथा ओठ कालो देखिने आधी जस्ता समस्याहरु पनि देखिन्छन। सुर्तीजन्य पदार्थको गन्धको कारणवाट स्वयम प्रयोगकर्ता समाज तथा समुहमा वस्न अप्ठ्यारो मान्ने तथा सभा समारोहमा जान गाह्रो हुने आधी जस्ता नितान्न व्यक्तिगत असरहरु पनि महशुस भैइरहेको हुन्छ। यसैगरी कुनै अरु व्यक्तिले सेवन गरेको सुर्तीजन्य पदार्थको कारणवाट अरु नजिकका व्यक्तिहरुलाई समेत ठुलो असर पारेको हुन्छ।
रोकथाममा नेपालको प्रयास
सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न नेपालमा पनि धेरै किसिममा प्रयासहरु भएका छन । नेपाल सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण एन जारी गरीसकेको छ। प्रभावकारी कार्यान्वयन गर्न जरिवानासहितको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्दे्शिका ०७१’ जारी पनि भईसकेको छ । निती नियममा हाम्रो देश नेपाल बलियी नै देखिन्छ यदपी कार्यन्वयन पक्ष भने त्यति राम्रो देखिएको छैन। सम्पुर्ण सार्वजनिक ठाँउहरु संविधानसभा हल देखी लिएर गाँउघर वरपरका सार्वजनिक ठाँउहरुमा सुर्तिजन्य पदार्थको प्रयोगमा प्रतिवन्द लगाउने निती नियममा उल्लेख गरिए पनि यसलाई पुर्ण रुपमा पालना तथा अनुगमन जती हुनुपर्ने हो त्यती गर्ने सकिएको छैन ।सुर्तीजन्य पदार्थको करवाट उठेको रकम को ७५ प्रतिशत रकम वि पि कोईराला मेमोरियल क्यान्सर अस्पताल र २५ प्रतिशत रकम क्षयरोग तथा अन्य रोग नियन्त्रणमा लगानी गर्ने भन्ने उल्लेख छ । नेपाल  सरकारको तर्फवाट सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा तथा सुर्तीजन्यपदार्थको प्रयोग परित्याग गर्ने जस्ता कार्यक्रमहरु अगाडी वढाइएको छ । त्यै पनि यि कार्यहरुको पुर्णरुपमा पालना तथा अनुगमन हुनसकेको छैन । यसको लागी सरकार मात्र नभई हरेक ब्यक्ति , समाज, संघ सस्था सवै लाग्नु पर्ने देखिन्छ।  
कसरी छुटाउन सकिन्छ त सुर्तिजन्य पदार्थको लत
सुर्तीजन्य पदार्थको सेवन गर्नाले हामीलाई धेरै किसिमको समस्या हुन्छ भन्दा भनदै पनि धेरै मानिसहरुले सेवन गर्ने छोडेका छैनन । कुनै पनि लतवाट मुक्त हुनु त्यति सजिलो कुरा पक्कै पनि होइन यदपी छोड्नको लागी त्यति गाह्रो कुरा भने छैन । सानै देखी लागेको वानी कहाँ जान्छ र भने पुरानो सोचलाई आत्मसाथ गर्दै सवैले आफ्नो लतलाई छोड्ने प्रयत्न गरेका नै छैन। आत्मै देखी मानसिक रुपमा तयार भएर म यो लत छुटाउँछु भनेर लाग्ने हो भने सहजै छुटाउन सकिन्छ। निम्न कुराहरुमा ध्यान दिने हो भने सुर्तीजन्य पदार्थको लतवाट मुक्ति पाउन सकिन्छस
  • अरुको दवाफवाट होइन मानसिक तथा भावनात्मक रुप भित्री मन देखी नै सुर्तीजन्य पदार्थको म प्रयोग गर्दिन भनेर द्रिढता र आत्मबल सहित तयार हुनुहोस।
  • एकै पटक म छोड्छु भनेर लाग्दा अन्य किसिममा समस्याहरु देखिन सक्ने हुंदा १(२ हप्ता कम मात्रा तथा पटक घटाउनुहोस।
  • आफ्नो योजनालाई परिवारका सदस्य, अफिसका साथीहरु , कलेजका साथीहरु लगायत आफ्नो नजिकपर्ने सम्पुर्ण व्यक्तीहरुलाई सुनाउनुहोस।
  • सुर्तीजन्य पदार्थमा हजुरले गरेको दैनिक लगानीको हिसाब किताव गर्नुहोस र उक्त रकम कुनै नयाँ काममा लगानी गर्न तर्फ सोच वनाउनु होस ।
  • सुर्ती चुरोट लगायत अन्य कुनै पनि सुर्तीजन्य पदार्थहरु आफ्नो घर अफिसवाट हटाउनुहोस त्यसको सट्टामा मिठाई, चकलेट आदी राख्न्नुहोस।
  • बिहान साँझ कसरत तथा अन्य कृयाकलापहरुमा व्यस्त रहनुहोस, पानी धेरै पिउने वानी बसाल्नुहोस।
  •  सुरु सुरुको अवस्थामा अन्य खानेकुराहरु छुर्पी, चकलेट आदीले मुखलाई व्यस्त वनाउनुहोस ।
  • पहिला सुर्ती जन्य पदार्थ सेवन गरेर सकिने समयलाई अन्य तरिकाले व्यतित गर्नु होस्, गित सुन्ने, पत्रीका पढ्ने तथा अन्य चिजहरु चक्लेट, फलफुलको सेवन गर्नुहोस।
आदी जस्ता कृयाकलापहरुलाई नियमित रुपमा दोहोर्याउनुहोस जसले गर्दा सुर्तीजन्य पदार्थको सेवनलाई छोड्न सहयोग पुग्दछ। यसरि हेर्दा सुर्तिजन्य पदार्थको प्रयोगलाई छोड्नुप्नै पर्ने देखिन्छ । यसको प्रयोगवाट हाम्रो स्वास्थ्य पर्न गएको असरहरु घटाएर स्वास्थ्य जिवन विताउन तर्फ हामी सवैको ध्यान जान जरुरि छ।
 रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु वेश हुन्छ ।

 सगुन पौडेल


Health Assistant, Public Health Graduate