“व्यवस्थित परिवारः स्वास्थ्य र विकासको आधार” - राष्ट्रिय परिवार नियोजन दिवस -2073

“व्यवस्थित परिवारः स्वास्थ्य र विकासको आधार” - राष्ट्रिय परिवार नियोजन दिवस -2073

“व्यवस्थित परिवारः स्वास्थ्य र विकासको आधार” - राष्ट्रिय परिवार नियोजन दिवस -2073
विगत तीन वर्ष देखि हरेक वर्षको सेप्टेम्वर १८ तारिखका दिन मनाईदै आएको राष्ट्रिय परिवार नियोजन दिवस यो वर्ष पनि ‘‘व्यवस्थित परिवार : स्वास्थ्य र विकासको आधार’’ भन्ने मुल नाराका साथ आज अर्थात सेप्टेम्वर १८ तारिख (असोज २ गते) का दिन पनि सरकारी स्तर, विभिन्न दातृ निकायहरु तथा अन्य संघ सस्थाहरु मिलेर विविध कार्यक्रमहरु गरी देशब्यापी रुपमा मनाईदै छ । पारिवारिक जीवनलाई स्वस्थ र व्यबस्थित राख्नका लागि के कस्ता परिवार नियोजनका साधन प्रयोग गर्ने, कति उमेरमा बच्चा जन्माउने, जन्मान्तर कति राख्ने, शिक्षा दिक्षाको ब्यबस्थापन कसरी गर्ने भन्ने जस्ता विषयहरुको वारेमा योजना वनाउन सहयोग गर्ने, गुणस्तरिय परिवार नियोजन सेवालाई प्रभावकारी वनाई सेवाको पहुँच र उपभोगलाई वढाउनको लागी प्ररित गर्नका लागि प्रजनन उमेरका महिला तथा पुरुषहरुलाई केन्द्रीत गरेर जनचेतना फैलाउने उदेश्यले यो दिवस मनाउन सुरु गरिएको हो । कास्की जिल्लामा पनि जिल्ला जनस्वास्थ्य कार्यालय, परिवार नियोजन संघ ,HC3, SIFPO2, मेरी स्टोप्स, मेरी प्रजनन लगायत अन्य संघ संस्थाहरुको सयुक्त आयोजनामा विभिन्न कार्यक्रमहरु गरी मनाईदै छ । यस दिवसका अवसरमा विभिन्न १० माध्यामिक विधालयहरुलाई समेटेर सास्कृतिक कार्यक्रम सहित कलेज स्तरिय वक्तित्वकला प्रतियोगिता गर्ने तथा किशोर किशोरीहरुलाई परिवार नियोजन सम्वन्धी ज्ञान वढाउने बिभिन््न खेलहरु खेलाउने, पोखरा १५ तथा लेखनाथ रिठे पानीमा परिवार नियोजन सेवा शिविर संचालन गर्ने कार्यक्रम रहेको छ । 
नेपाली नागरिक तथा परिवारको प्रजनन स्वास्थ्यको सुदृढिकरण प्रभावकारी तथा सकारात्मक रुपमा परिवर्तन गर्नका लागि सुशुसित छनौटको आधारमा प्रजनन उमेर समुहका महिला, पुरुष तथा दाम्पतीहरुले आफ्नो प्रजनन आवश्यकताहरुलाई उपयुक्त परिवार नियोजनको सधानको प्रयोग गरी पुरा गरुन भन्ने ध्ययको साथमा सुरु गरिएको राष्ट्रिय परिवार नियोजन कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकतामा पर्ने कार्यक्रम हो । मातृ तथा वाल स्वास्थ्यमा उल्लेखनिय सुधार ल्याई जिवनको गुणस्तरियतालाई सुदृढिकरण गर्नको लागि नेपाल सरकारवाट परिवार नियोजन सेवा निशुल्क रुपमा सर्वसाधरण जनताहरुमा पुर्याइएको सेवा हो । परिवार नियोजन सेवा अन्तरगत हाल नेपाल सरकार तथा अन्य संघ सस्थाहरुको सहयोगमा नेपाल सरकारका स्वास्थ्य केन्द्रहरु, पाईभेट क्लिनिकहरु तथा स्याट्लाईट क्लिनिकहरुवाट अस्थाई तथा स्थाई परिवार नियोजनका साधनहरु उपलव्ध गराईएको छ । हाल कण्डम, खाने चक्की पिल्स , तीन महिने सुई डिपो, लामो अवधीका अस्थायी साधनहरु आई यु सि डि र इम्लान्ट तथा स्थायी वन्ध्याकरण जस्ता परिवार नियोजनका सेवाहरु निशुल्क रुपमा उपलव्ध छन । परिवार नियोजन सेवा अन्तरगत परिवार नियोजनका साधनहरु मात्र नभई यससँग जोडिन आउने परिवार स्वास्थ्यसँग सम्वन्धित विभिन्न सेवा तथा कार्यक्रमहरु गरिदै आएको छ । आधुनिक परिवार नियोजनका साधनहरुको प्रयोगलाई वढाई नचाहेको गर्भ रहनवाट जोगाउने, जन्मान्तरलाई वढाई आमा र वच्चाको स्वास्थ्यलाई राम्रो वनाउनको लागी परिवार नियोजनले सहयोग पुर्याउदछ । परिवार स्वास्थ्य कार्यक्रमलाई सफल वनाउन तथा आधुनिक परिवार नियोजनका साधनहरुको प्रयोगदर वढाउन नयाँ स्वास्थ्य निति २०७१, नेपाल स्वास्थ्य क्षेत्र रणतिनि २०१५–२०२० को भाव पनि सरकारी तथा गैर सरकारी संघ सस्थाहरुसँग मिलेर नेपाली जनताहरुलाई गुणस्तरिय परिवार नियोजन सेवा प्रदान गर्ने कुरालाई महत्व दिएको छ । सन् २०१२ मा लन्डनमा नेपाल सहित ६९ विकाससोन्मुख देशहरुको सम्मेलनबाट परिवार नियोजनको सेवा र पहुंच वढाउने लक्ष्यका साथ शुरु गरिएको विश्वव्यापी साझेदारी अभियान FP2020 परिवार नियोजन कार्यक्रममा नीतिगत सुधार, अर्थिक सुधार र सेवाको गुणस्तरमा सुधार गर्ने महिला तथा किशोरीहरुमा परिवार नियोजनको सेवा र पहुंच वढाउने लक्ष्य सहित नेपालले हस्ताक्षर गरीसकेको छ । त्यसैगरी स्वस्थ्य मन्त्रालय र परिवार स्वास्थ्य महाशाखाले परिवार नियोजनको कार्यक्रममा विनियोजन हुने बजेटमा सन् २०२० सम्म हरेक वर्ष ७ प्रतिशतका दरले वढाउने प्रतिवद्धता अनुसार पांच वर्षे कार्य योजना (कोष्टेड इम्लिमेन्टेशन प्लन २०१५–२०२०) समेत तयार गरि कार्यान्वयनको लागि प्रस्ताव गरिसकेको छ ।
नेपाल सरकारका विभिन््न कार्यक्रमहरु मध्य परिवार नियोजन सेवा कार्यक्रम पनि एउटा सफल कार्यक्रम हो । मातृ स्वास्थ्य तथा वाल स्वास्थ्यमा सुधार गर्न यस कार्यक्रमको ठुलो भुमिका रहेको छ । परिवार नियोजनको सेवाको पहुँच नेपालका हरेक ठाँउहरुमा पुर्याईएता पनि यसको उपयोग भने सोचे जती प्रगती हुन अझै पनि सकेको छैन । सन १९९० तिरको कुल प्रजनन दर तथा परिवार नियोजन प्रर्योगदरलाई हेर्ने हो भने हालसम्म उल्लेखनिय प्रगती भएता पनि सोच जती उपलब्धी हाँसिल गर्न अझै सकिएको छैन । विभिन्न अनुसन्धानको तथ्यान्क हेर्ने हो भने परिवार नियोजनको साधन सम्वन्धी ज्ञान नेपालीहरुमा धेरै नै देखिन्छ । नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०११ का अनुसार परिवार नियोजनको कुनै न कुनै साधनको वारेमा हरेक महिला तथा पुरुषहरुले जानेका छन । यदपि ज्ञानको तुलनामा यसको उपभोग धेरै कम देखिन्छ । परिवार नियोजन सेवा कार्यक्रमको मुख्य सुचक परिवार नियोजन प्रयोगदर ऋयलतचबअभउतष्खभ एचभखबभिलअभ च्बतभ आर्थीक वर्ष २०७०÷७१ को तथ्यांकलाई हेर्ने हो भने ४५ ५ रहेको छ । अझै पश्चिमान्चल विकास क्षेत्रको हेर्ने हो भने सवैभन्दा कम ३५.५ मात्र रहेको छ । त्यस्तै आर्थीक वर्ष २०७२÷७३ अनुसार कास्की जिल्लाको परिवार नियोजन प्रयोग दर ३५.१३ मात्र रहेको छ ।
आकस्मिक गर्भ निरोधक औषधीहरुको वढ्दो प्रयोग, गर्भपतन सेवाको सही प्रयोग नहुनु, सवै स्वास्थ्य सस्थाहरुवाट सवै खालका परिवार नियोजनका सेवाहरु दिन नसक्नु , प्राईभेट संघ सस्थााहरुले दिएको सेवाको तथ्यांक संकलन नहुनु , प्रजनन उमेर समुहका युवाहरु नेपालमा नहुनु आदी जस्ता कुराहरुले परिवार नियोजन साधनहरुको प्रयोग गर्नेहरुको संख्या कमि देखिएको पनि छ । यदपी नेपाल डेमोग्रफिक हेल्थ सर्वे २०११ का अनुसार अझै पनि प्रजनन उमेर समुहका जनताहरुमा परिवार नियोजन सेवाको पुरा नभएको आवश्यकता (ग्लmभत लभभम) २७ ५ देखिएको छ । यसलाई लक्षित गर्दै परिवार नियोजनको सेवाको पहुँच तथा उपलव्धतालाई वढाउनु पर्ने देखिन्छ । सन २०१५ सम्ममा पुरा गर्ने लक्ष्य लिइएको सहशाव्दी विकास लक्ष्य अनुसार केहि सुचांकहरुमा उल्लेखनिय सुधार भएता पनि नेपालले परिवार नियोजन सेवा प्रयोगदरमा भने आफ्नो लक्ष्य पुरा गर्न सकेन । दोश्रो दिर्घकालिन योजना १९९७– २०१७ को अनुरुप आधुनिक परिवार नियोजन साधन प्रयोगकर्ताहरुलाई वढाएर सन २०१७ को अन्त्य सम्ममा ५८.२ मा पुर्याइने लक्ष्य रहेको छ । त्यस्तै दिगो विकास लक्ष अनुरुप सन् २०३० सम्ममा कुल प्रजनन दरलाई २ प्रतिशतमा झार्ने, परिवार नियोजनका आधुनिक साधनको प्रयोगदर ७५ प्रतिशतमा पुरयाउने, वयश्कमा हुने प्रजननदर लाई ३० प्रति हजार १५ देखी १९ वर्षका महिलामा पु¥र्याइने लक्ष्य रहेको छ । परिवार नियोजन सेवाको उपयोगलाई वढाउनको लागी प्रजनन उमेर समुह जनताहरुमा परिवार नियोजन सेवाको वारेमा माग वढाउने कार्यक्रमहरु, सचेतनामुलक गतीविधीहरु गर्ने, सवै स्वास्थ्य सस्थाहरुवाट सवै खालका परिवार नियोजनका साधनहरुको उपलव्धता गराउने , छोटो समय काम गर्ने भन्दा लामो समय अवधी सम्म काम गर्ने सधानहरुको व्यवस्थामा जोड दिने, सुत्केरी पश्चात तथा गर्भपतन पश्चात परिवार नियोजन परमर्शमा ध्यान दिने, आवश्यक जनशक्तीलाई उचित तालिमको ब्यवस्था गरी शिविरहरु तथा स्याटलाईट क्लिनिकहरुको संख्या वढाउने, तथा जनस्तरमा परिवार नियोजनका साधन प्रयोग वारे मिथ्या तथा गलत धारणाहरुलाई अन्त्य गरी आधुनिक परिवार नियोजनका साधनहरुको प्रयोग वढाउन पर्ने देखिन्छ । सरकारी तवरवाट मात्र नभइ हामी सवै मिलेर परिवार नियोजन सेवाको पहुँच र उपभोग वढाउन तर्फ लागि प¥यौ भने हामी मातृ स्वास्थ्य, वाल स्वास्थ्य परिवार स्वास्थ्य गरी हाम्रो देशको समग्र स्वास्थ्य स्थितीमा उल्लेखनिय सुधार गर्दै नेपाली नागरिक तथा परिवारको प्रजनन स्वास्थ्यको सुदृढिकरण प्रभावकारी तथा सकारात्मक रुपमा परिवर्तन गर्नका लागी हामी सवै सफल हुने छौ ।

सगुन पौडेल
जनस्वास्थ्यकर्मि,
पोखरा कास्की
सम्पर्क ९८५६०३६९३२ 
(Updated : 17 Sep 2016)